सप्तरीमा डेंगु फेला पर्यो
जनकपुर–सप्तरीको कञ्चनरूप नगरपालिकामा डेंगु रोग फेला परेको छ । रगत परीक्षण गर्दा साे नगरपालिकाकाे वडा नम्बर ६ बस्ने २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको संक्रमण देखिएको जनाइएको छ ।
कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा ल्याबमा चेकजाँच गर्दा चौधरीलाई डेंगुको संक्रमण देखिएको जानकारी दिए ।
सोही ठाउँका अर्का एक व्यक्तिमा समेत डेंगुको संक्रमण भएको शंका गरिएको छ, तर उनी चेकजाँच गराउन नआएकाले पुष्टि हुन नसकेको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी सोही वडाको जमुवामा आठ जनामा ज्वरो तथा डेंगुको लक्षण देखिएको बताइन्छ ।
बिहीबार स्वास्थ्यको टोली डेंगुको लक्षण देखिएको जमुवा टोलमा गएर चेकजाँच गर्ने , जनचेतना मुलक र्याली प्रदर्शन, सबैलाई सचेत हुन आग्रह गर्ने र लार्भा नष्ट गर्ने अभियान चलाउने , स्प्रे छर्ने जस्ता अभियान चलाइ सावधानी बारे कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए ।
यस अघि डेंगुका बिरामीहरु भेटिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू