शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्राइस्टचर्च हमलाको असरः  देशैभरी ‘सेमी–अटोमेटिक’ हतियार राख्न प्रतिबन्ध

बिहीबार, ०५ असार २०७६, १२ : २५
बिहीबार, ०५ असार २०७६

न्युजिल्यान्ड सरकारले हात–हतियार खरिद बिक्री योजना लागू गरेको छ । बिहीबार उक्त नियम लागू गर्दै सेमी–अटोमेटिक बन्दुकमाथि प्रतिबन्ध लगाएको हो । 

सरकारले छ महिनाभित्र सबै बन्दुक बुझाउन आग्रह गरेको छ । जसको बदलामा त्यसको मूल्य बराबरको लागत पनि दिने जनाइएको छ । बन्दुक नबुझाएमा पाँच वर्षसम्मको कैद हुनसक्ने सरकारको योजनामा उल्लेख गरिएको छ । 

गत मार्च १५ मा क्राइस्टचर्चमा भएको हमलापछि सरकारले यस्तो निर्णय लिएको हो । उक्त हमलामा ५१ जनाको मृत्यु भएको थियो । 

प्रधानमन्त्री जेन्सिडा आर्डर्नले मार्च १५ मा भएको हमलामा ज्यान गुमाएका परिवारजनसँग भेट गरेकी थिइन् । यसै क्रममा आर्डर्नले मृतकका परिवारजनसँग तीन महिनाभित्र देशमा हातहतियार खरिद बिक्री गर्न र बोक्न प्रतिबन्ध लगाउने बताएकी थिइन् । 

मस्जिद हमलामा प्रयोग भएको थियो सेमी–अटोमेटिक राइफल
अस्ट्रेलिया मुलका ब्रेन्टन ट्यारेन्टले क्राइस्टचर्चको अल–नूर र लिनवुड मस्जिदमा नमाज पढिरहेका धर्मावालम्वीहरुमाथि अन्धधुन्ध गोली चलाएका थिए । उनले पाँच प्रकारका हतियारको प्रयोग गरेका थिए । जसमध्ये दुई बुन्दुक मिलिस्ट्री स्टाइल सेमी–अटोमेटिक राइफल (एमएसएसए) थिए । सरकारले यी सबै हतियारमाथि प्रतिबन्ध लगाएको छ । 

योजनाको लागि १४३ डलर
सरकारले बन्दुकको मोडल र स्थितीको हेरेर मूल्य निर्धारण गर्ने जनाएको छ । यस योजनाको लागि सरकारले १४३ मिलियन डलर निर्धारण गरेको छ । प्रहरी प्रशासनका अनुसार हाल ४३, ३०० एमएसएसए राइफल र १२ लाख बन्दुक दर्ता भइसकेको छ । हतियार संकलन गर्नको लागि देशैभरी ‘संग्रह कार्यक्रम’ चलाउने प्रहरीले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप