नेपाल र मलेसियाबीचको श्रम सम्झौता कार्यान्वयनमा जोड
बिहीबार, ०५ असार २०७६, १२ : १९

काठमाडौं–नेपाल र मलेसियाबीच भएको श्रम समझदारीलाई कार्यान्वयनमा लैजान नेपाल सरकारले जोड दिएको छ ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्वीटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँगको भेटवार्ताका क्रममा श्रम समझदारीलाई कार्यान्वयनमा लैजान जोड दिएका हुन् ।
नेपालको प्रतिनिधि मण्डलमा रहेका मन्त्रालयका सहसचिव राम प्रसाद घिमिरेले नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरि छलफल केन्द्रित रहेको जानकारी दिए ।
त्यसका लागि एक महिनाभित्रै दुवै देशको संयुक्त प्राविधिक समिततिको बैठक बस्ने समझदारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले दमन गरेपछि आन्दोलनलाई थप सशक्त बनाउने नेपाल शिक्षक महासङ्घको निर्णय
-
कुलेखानी सिस्नेरी छैमले सडकको अनुगमन, समयमा काम सक्न मन्त्रीको निर्देशन
-
न्यायाधीश समक्ष मिश्रले भने - एउटा निर्दोष मान्छेलाई हिरासतमा राखेर सरकारलाई राति निद्रा लाग्छ ?
-
संक्रमणकालीन न्याय : अध्यक्षका लागि ८ र सदस्यका लागि २४ जना सर्ट लिस्टमा
-
मुम्बईको जितमा बुमराहको रेकर्ड
-
आईपीएल : मुम्बईको लगातार पाँचौँ जित, उक्लियो दोस्रो स्थानमा