केन्द्रीय संस्करण

नेपाल र मलेसियाबीचको श्रम सम्झौता कार्यान्वयनमा जोड

person explore access_timeअसार ५, २०७६ chat_bubble_outline0

काठमाडौं–नेपाल र मलेसियाबीच भएको श्रम समझदारीलाई कार्यान्वयनमा लैजान नेपाल सरकारले जोड दिएको छ । 

अन्तर्राष्ट्रिय  श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्वीटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँगको भेटवार्ताका क्रममा श्रम समझदारीलाई कार्यान्वयनमा लैजान जोड दिएका हुन् । 

नेपालको प्रतिनिधि मण्डलमा  रहेका मन्त्रालयका सहसचिव राम प्रसाद घिमिरेले नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरि छलफल केन्द्रित रहेको जानकारी दिए । 

त्यसका लागि एक महिनाभित्रै दुवै देशको संयुक्त प्राविधिक समिततिको बैठक बस्ने समझदारी भएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...