बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘लप्पन छप्पन–२’को बन्ने

बिहीबार, ०५ असार २०७६, १२ : ०७
बिहीबार, ०५ असार २०७६

काठमाडौं – करिव दुईबर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन’को सिक्वेल बन्ने भएको छ । मुकुन्द भट्टको निर्देशनमा फिल्मको सिक्वेल बन्न लागेको हो । 

राजधानीको कमलादीस्थित गणेश मन्दिरमा ‘लप्पन छप्पन–२’को शुभसाइत गरिएको छ । ११ असारबाट छायाँकन सुरु हुने फिल्ममा अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, राजु लामा, दयाहाङ राई, सौगात मल्ल, देवु श्रेष्ठ, सुरविना कार्की, सन्नी ढकाल र फाजिल अहमदको समेत अभिनय रहनेछ । 

नेपालसँगै अस्ट्रेलिया र युरोपका केही देशमा छायाँकन हुने फिल्म इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटीले मिलेर निर्माण गर्न लागेका हुन् । प्रकास कुँवर र निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा उमेश पोखरेल, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना रहेका छन् ।

एक्सन जनरामा निर्माण हुने ‘लप्पन छप्पन २’ महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते रिलिज गरिने निर्माण युनिटले जानकारी दियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप