शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक महिनामा ०.२ विन्दुले महँगी बढ्दा खाद्यान्नको मूल्य दोब्बर बढ्यो

बिहीबार, ०५ असार २०७६, ११ : ४३
बिहीबार, ०५ असार २०७६

काठमाडौं–नेपाल राष्ट्र बैंकले एक महिनामा ०.२ विन्दुले महँगी बढेको जनाएको छ ।

 चालु आर्थिक वर्षका वैशाखसम्म ( दश महिना) को  मासिक प्रतिवेदन प्रकाशित गर्दै महंगी बढेको उल्लेख गरेको हो । वैशाखमा उपभोक्ता मुद्रास्फिती बढेर ४.४ प्रतिशत पुगेको छ । 

जबकी चैत महिनामा यस्तो मुद्रस्फिती ४.२ प्रतिशत रहेको राष्ट्र बैंककै प्रतिवेदनमा उल्लेख छ । 

खाद्य वस्तुको महंगी झण्डै दोब्बरले बढेको छ । बैंशाखमा उपभोक्ता मुद्रा स्फिती ५.३ प्रतिशत रहेको छ । चैतमा यस्तो मुद्रास्फिती २.८ प्रतिशत मात्र थियो । 

गैह्रखाद्य तथा सेवा समुहको महंगी ५.८ प्रतिशत रहेको छ । चैतमा ५.७ प्रतिशत रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप