शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानद्वारा आफ्नो आकाशमा उडिरहेको अमेरिकी जासुसी ड्रोन खसालेको दाबी

बिहीबार, ०५ असार २०७६, १० : ५६
बिहीबार, ०५ असार २०७६

इरानको इस्लामिक रिभोलुस्नरी गार्डले आफ्नो देशको आकाशमा उडिरहेको जासुसी ड्रोनलाई खसालेको दावी गरेको छ । 

सरकारी मिडियाले पनि सेनाले ड्रोन खसालेको खबर दिएको छ । ड्रोन इरानको दक्षिणी होरमोज्गन प्रदेशमा पर्ने कुहमोबराक नजिक खसालिएको रिपोर्टमा उल्लेख छ । 

अमेरिकी सेनाले भने घटनाको स्वीकार अथवा खण्डन गरेको छैन । 
घटना पेन्टागनले उक्त क्षेत्रमा हजार अतिरिक्त फौज परिचालन गर्ने बताएको केही दिनपछि आएको छ । इरानको ‘शत्रुतापूर्ण व्यवहार’लाई जवाफ दिन सेना पठाउन लागेको अमेरिकाले बताएको छ । 

वाशिन्टनले ओमनको खाडिमा समुन्द्री बारुदी धरापमार्फत इरानले तेल ट्याकंरमा आक्रमण गरिरहेको आरोप लगाएको छ । 

दुई देशबीचको तनाव अघिल्लो सोमबार तब झनै बढ्यो, जब इरानले आफूसँग भएको न्युन प्रशोधित युरोनियमको संग्रह बढाउने घोषणा गर्यो । 

सन् २०१५ मा इरान र अन्तराष्ट्रिय शक्तिबीच भएको सम्झौता अनुसार इरानले सिमित प्रशोधित युरोनियममात्र संग्रह गर्न पाउँछ । 
सम्झौताबाट अमेरिका बाहिरिसकेको र अन्य युरोपेली शक्तिले पनि त्यसलाई व्यवहारमा उतार्न ध्यान नदिएकाले इरान आफूमात्र सम्झौता मान्न बाध्य नभएको बताएको छ ।

मंगलबार ड्रोन खसालिएको कुहमोबराक ‘स्ट्रेट अफ हरमुज’ नजिक पर्छ । यो विश्वको तेल आपुर्तीको प्रमुख मार्ग रहदैं आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप