आयुष्मान खुरानाकी श्रीमती ताहिराले माफी मागिन्, भगवान बुद्धको मूर्तीमा बसेपछि भएकी थिइन् ट्रोल
आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप हालै एक फोटोका कारण अत्यधिक ट्रोल भएकी थिइन् जसमा उनी भगवान बुद्धको प्रतिमामा बसेको देखिएकी थिइन् । उनले उक्त फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिइन् तर अब त्यसलाई हटाएकी छिन् । यतिमात्र होइन, उनले सोसल मिडियामा मानिसहरुसँग माफी पनि मागेकी छिन् ।
ताहिराले लेखिन्, ‘मलाई खेद छ’
ताहिराले फोटो डिलिट गरेपछि लेखिन्, ‘म कसैको पनि दुःख पीडाको कारण बन्न चाहन्नँ । अन्जानमा केही मानिसहरुको भावनालाई ठेस् पुर्याएकोमा मलाई खेद छ । सबैका लागि प्रेम र शान्तिको कामना ।’
ताहिराको फोटोमा आए यस्ता कमेन्टः
जब ताहिराले बुद्धको काखमा बसेको फोटो सेयर गरिन् तब सोसल मिडिया प्रयोगकर्ताले उनलाई तथानाम भने । एक प्रयोगकर्ताले लेखेका थिए, ‘निकै खराब । बुद्धमाथि बस्नु निकै मूर्खतापूर्ण काम हो । पढेलेखेका मानिसहरु यस्तो काम गर्छन् भने अनपढले के गर्लान् ? तिमीले साँच्चै नै मूर्खतापूर्ण काम गरेकी छौ । भगवानलाई केही त सम्मान गर ।’
एक अन्य प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘तिमी बुद्धमाथि बसेकी छौ । कृपया सबै धर्मको सम्मान गर ।’
एक अन्य प्रयोगकर्ताले लेखे, ‘मैले जबसम्म तिमिलाई बुद्धको प्रतिमाको काखमा बसेको देखेकी थिइनँ तबसम्म म तिमीलाई एक सभ्य र बलियो महिलाको रुपमा सम्मान गर्दथेँ ।’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘माफ गर्नुहोस्, तर बुद्धमाथि बस्नु हामी बौद्ध धर्मावलम्बीका लागि अपमानजनक हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी