अस्ट्रेलियालाई बंगलादेशको चुनौती
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) साविक विजेता अस्ट्रेलिया र बंगलादेश भिड्दैछन् । ट्रेन्ट ब्रिज स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने खेलमा बलियो अस्ट्रेलियालाई बंगलादेश कडा टक्कर दिने अभियानमा छ ।
बंगाल टाइगरको उपनाम पाएको बंगलादेश र अस्ट्रेलियाले जारी विश्वकपमा छैटौं खेल खेल्दैछन् । यसअघि पाँच खेलमा चार जित र एक हार खेपेको अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । दुई जित, दुई हार र एक खेल अनिर्णित नतिजा निकालेको बंगलादेश पाँच अंक सहित पाँचौं नै स्थानमा छ ।
पाँच पटक विश्वकपको उपाधि जितेको अस्ट्रेलिया निकै बलियो र शसक्त टोली हो । बंगलादेशले अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि जान सकेको छैन । अस्ट्रेलियाले पहिलो संस्करण देखि विश्वकप खेलिरहेको छ । बंगलादेशको यो छैटौं सहभागिता हो । यी दुई टोलीबीच विश्वकपमा यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ ।
यी दुई टोली विश्वकपमा तीन पटक भिडेका छन् । जसमा दुई खेलमा अस्ट्रेलियाले जितेको छ । एक खेल अनिणर््िात बनेको छ । यस विश्वकपमा दुवै टोलीको प्रदशन उच्च स्तरको छ । बंगलादेशको ब्याटिङ निकै शसक्त देखिएको छ । यसैगरी अस्ट्रेलिया ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा सन्तुलित छ । त्यसैले पुरानो शाख जोगाउन तम्सिएको अस्ट्रेलियालाई बंगलादेश कडा चौनौती दिने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ