एकैपटक ९ वटा ग्यास सिलिण्डर विस्फोट
एकाविहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ ।
विहिबार विहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको हो ।
होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाई छ ।
ग्याँस सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो । आगलगीबाट लाखौंको क्षति भएको छ ।
होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो । एकाविहान करिब ३ बजे सबै मानिसहरु सुतिरहेका थिए । सोहि समयमा एक्कासी सुरुमा एउटा भरिएको ग्याँस सिलिण्डर विस्फोट भयो ।
त्यसपछि आगोको मुस्लोधार नै देखियो भने निरन्तररुपमा सोहि स्थलमा राखिएको अन्य ग्यास सिलिण्डर समेत विस्फोट भयो । सोको आवाज अत्याधिक शक्तिशाली थियो । जसले गर्दा सो वरपरका सर्वसाधारणहरु जागेर घटनास्थल तर्फ दौडेको स्थानीयवासीहरुले बताए ।
घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ भने घटना अनुसन्धान गरेर यकिन क्षतिको विवरण र घटना बारे थप पुष्टि गर्ने धनुषा प्रहरीले जनाइएको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण