बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विभिन्न जिल्लाका सामाजिक परिचालिकाहरु नेकपामा प्रवेश

बुधबार, ०४ असार २०७६, १९ : ४०
बुधबार, ०४ असार २०७६

काठमाडौँ– विभिन्न जिल्लाका सामाजिक परिचालिकाहरु नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा रहेर काम गरेका सामाजिक परिचालिकाहरु आफ्ना केही मागसहित नेकपामा प्रवेश गरेका हुन् ।

बुधबार खुमलटार निवासमा पार्टी प्रवेश गराउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुको मागको सम्बन्धमा आफ्नो पार्टी सचेत भएको बताए । आज विभिन्न राजनीतिक दलमा आवद्ध १४ सामजिक परिचालिका नेकपामा प्रवेश गरेका हुन् । 

जागिरको सुरक्षा, उचित तलबको व्यवस्था र राजनैतिक अधिकारको माग नेकपाले मात्रै सम्बोधन गर्न सक्ने भन्दै नयाँ शक्ति पार्टी नेपालबाट नेकपामा गरेकि कविता सोडारीले बताइन् । सोडारीका अनुसार केन्द्रीय समन्वय समिति, प्रदेश र जिल्लामा गरेर ६ सय ३६ सामाजिक परिचालक रहेको बताइन् । आजको पार्टी प्रवेश कार्यक्रममा सवै प्रदेशबाट प्रतिनिधि मुलुक रुपमा सामाजिक परिचालिकाहरु उपस्थित भएपनि पार्टीले उचित सम्मान गरे सबै परिचालिकाहरु नेकपामा प्रवेश गर्ने सोडारीले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप