शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला क्रिकेट: प्रदेश नं २ विजयी

बुधबार, ०४ असार २०७६, १९ : २३
बुधबार, ०४ असार २०७६

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेल प्रदेश नं २ ले कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै जित हात पारेको छ ।

टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९।२ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कर्णालीका लागि रविना चौधरीले सर्वाधिक १३ र लक्ष्मी रिमालले आठ रनको योगदान गरेका थिए । 

प्रदेश नं २ का तर्फबाट शान्ति चौधरीले तीन विकेट हात पारिन भने गोमा आले, आरती चौधरी, कविता गौतम र शोभा आलेले समान एक विकेट लिए ।

प्रदेश नं २ ले ५९ रनको लक्ष्य ६।१ ओभरमा एक विकेटको क्षति बेहोर्दै सजिलै लक्ष्य भेट्टाएको थियो । प्रदेश २ का लागि शान्ति चौधरी र निरकुमारी बलमपाकीले सर्वाधिक क्रमशः १८ र १५ रन बनाएका थिए । कर्णालीका सरिता जिसीले एक विकेट हात पारिन् । म्यान अफ दि म्याच प्रदेश २ की शान्ति चौधरी घोषित भइन् ।

यही असार ११ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु तीन लाख पुरस्कार दिइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी लाई रु ३० हजार तथा उत्कृष्ट बलर र ब्याट्सओमेनलाई रु १५ हजार बराबरको खेल सामग्री दिइने छ भने प्लेयर अफ द म्याचलाई रु २५ सय बराबरको पुरस्कार दिइने छ । प्रतियोगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप