शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल मेलामा भिड, थपिए अफर, मोबाइल किन्दा १ लाखको बिमा

बुधबार, ०४ असार २०७६, १८ : ५७
बुधबार, ०४ असार २०७६

राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेको छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राखेर झण्डै आधा दर्जन अफरहरु थपिएका छन् ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल निशुल्क पाउने यस अघिको योजनामा मोबाइलका ४ मोडलहरु थप गरिएको छ । यसका साथै हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बिमा, निशुल्क सिनेमा टिकट लगायतका अफरहरु थप गरिएको छ । ६ सय ५० रुपैंयामा मोबाइल किन्नेहरु पनि उल्लेखित अफरमा सहभागि हुनेछन् ।

चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा उल्लेखित अफरहरु थप भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप