बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेप्से अध्यक्षको कटाक्ष: १० कित्तावाला पनि सेयर विज्ञ ?

बुधबार, ०४ असार २०७६, १६ : ५०
बुधबार, ०४ असार २०७६

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अध्यक्ष चन्द्र सिंह साउदले सेयर बजारमा १० कित्ता सेयर वालाहरु पनि विज्ञ बन्ने गरेको बताएका छन् । मंगलबार ललितपुरको जावलाखेल स्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजित आगामी आर्थिक वर्ष २०७६/७७ को सेयर बजार सम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा सुझाव तथा अन्तक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

गतिशील बजारमा समय सापेक्ष चल्न नजान्ने, बजारको माग र आवश्यकता एकातर्फ तर आफु अर्कोतर्फ दगुर्ने र आर्थिक मन्दिका कारण सेयर बजारमा आएको समस्यामा पनि नेप्सेलाई नै दोषी देख्ने परिपाटीले बजारमा गलत सन्देश गएको साउदले बताए ।

‘आजभोली बजारमा एक किसिमको भ्रम छ । सेयरबाटै फलानो करोडपति भयो रे । फलानोको फलोनो कम्पनीको यति कित्ता सेयर पुग्यो रे । अनि मान्छेहरु अन्धाधुन्द सेयरको पछि लाग्छन् । सबै जान्ने कसको कुरा कस्ले सुन्ने ?’ उनले भने, ‘आजभोली बजारमा यस्तो सम्म पनि हुँदै छ कि १० कित्ता सेयर धनीहरु समेत सेयर बजारमा मै हुँ भन्छन् । र अरुलाई सिकाउँदै डिड्छन् ।’

साउदका अनुसार सेयर बजारमा जनचेतनाको अभाव छ । सबैले बुझ्ने र थाहाँ पाउने गरि सेयर सम्बन्धी सूचना तथा सन्देशहरु प्रवाह हुनसकेका छैनन् । सेयर के हो ? यो लिँदा के हुन्छ, यसको फाईदा वेफाईदा के सबैले बुझ्नु आवश्यक छ । यसमा धितोपत्र बोर्डले महत्वपूर्ण भूमिका खेल्नुपर्ने साउदको भनाई छ । 

सेयर खरिद बिक्री तथा बजार अनलाईन प्रणालीमा गएपनि त्यो अझै प्रभावकारी हुन नसकेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप