मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग

बुधबार, ०४ असार २०७६, १५ : ४७
बुधबार, ०४ असार २०७६

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिएको गुठी विधेयक राष्ट्रिय सभाबाट पनि फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सरकारले सो विधेयक फिर्ता लिएपनि गुठीयारहरुको मागलाई मनैदेखि स्वीकार गर्न नसकेको दावी गर्दै सम्बन्धित पक्षलाई सचेत पनि गराए । सरकारले सडक र सदनको दवाव थेग्न नसकेपछि सो विधेयक फिर्ता लिन बाध्य भए पनि त्यसलाई मनैदेखि स्विकार नगरेको प्रमुख सचेतक खाँडको दावी छ ।

प्रमुख सचेतक खाँडले प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा अर्यालले सो विधेयक फिर्ता लिएको पत्रकार सम्मेलनबाट जानकारी पाएको भनेपछि के सरकारले सो विधेयक गुठीयारहरुको मागलाई सम्बोधन गर्न फिर्ता लिएको हो ? भन्ने आशंका जन्माएको दावी पनि गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप