शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२३ लाखको चेक बाउन्स गराएर फरार एक जना पक्राउ

बुधबार, ०४ असार २०७६, १५ : १७
बुधबार, ०४ असार २०७६

काठमाडौं–बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका एक जनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । 

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने कुमार खड्कालाई सीआईबीले राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो । 

खड्काले प्रमोद जैसवालसाँग आर्थिक व्यवहार मिलाउन भनि २३ लाख ऋण लिएको तर तिर्ने बेलामा नेपाल एसबीआई बैंकको ब्यालेन्स नभएको चेक काट्दा चेक बाउन्स भएको थियो । 

त्यसपछि जैसवाल अदालत गएकोमा उच्च अदालत पाटनको ०७६ वैशाख १६ गते उनलाई एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको थियो ।

प्रहरीका अनुसार खड्काले  ०७४ कात्तिक ११  मा जैसवालको नाममा चेक जारी गरेकोमा भक्तानी हुन नसकी बाउन्स भएको थियो । 

खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार  पठाईएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप