१४ वर्षपछि चिनियाँ राष्ट्रपतिले गर्ने भए उत्तरकोरियाको भ्रमण, पूर्वसन्ध्यामा दिए यस्तो प्रतिक्रिया
बेइजिङ– चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । उनले यी दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आह्वान पनि गर्नुभएको बुधबार बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङले यो सम्बन्धले दुई देश र यहाँका नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्नुका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभ पुग्ने धारणा राखेका छन् । उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित भएको चिनियाँ राष्ट्रपति सि चिनफिङको लेखमा सो कुरा उल्लेख गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति सि चिनफिङको उत्तर कोरिया भ्रमणको अघिल्लो दिन प्रकाशित यस लेखमा उनको यो धारणा आएको हो । राष्ट्रपति सि चिनफिङले भोलिदेखि अर्थात बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्न लाग्नुभएको समाचारमा जनाइएको छ ।
उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको १४ वर्षपछिको पहिलो हुने पनि यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइँदैछ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गर्न लाग्नुभएको समाचार यसअघि नै आएको थियो ।
सो लेखमा राष्ट्रपति चिनफिङले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको र यस भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउने धारणा राखेका छन् । उत्तर कोरियाली र चिनियाँ सञ्चारमाध्यमहरुले चिनियाँ राष्ट्रपति चिनफिङको यो राजकीय भ्रमणको समाचारको निकै प्रचार प्रसार गरेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ