बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समतामा आज पनि आफन्तको प्रदर्शन, सञ्चालक सञ्जेल छाडिए

बुधबार, ०४ असार २०७६, १४ : ४७
बुधबार, ०४ असार २०७६

काठमाडौं । बौद्धस्थित समता अस्पताल परिसरमै एक युवतीको शंकास्पद मृत्यु भएपछि आफन्तले बुधबार पनि प्रदर्शन गरेका छन् । 

युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित आफन्तहरुले नाराबाजी गरेका हुन् ।

विगत २ महिनायता उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले सोमबार राती पासो लगाएर आत्महत्या गरेकी थिइन् । 

मंगलबार दिनभरी पनि अस्पतालमा मृतक तामाङका आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । मंगलबार साँझतिर नै समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

सञ्जेल दम्पतीलाई नियन्त्रणमा लिएपछि तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सञ्जेल दम्पत्तीलई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको भनिएपनि उनीहरुलाई मंगलबार राती नै छाडिएको थियो । 

क्लिनर तामाङले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

त्यस्तै समता अस्पतालमा कार्यरत ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिई तामाङको आत्महत्याबारे अनुसन्धान भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप