शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानलाई विश्व बैंकले एक अर्ब डलर ऋण दिने

बुधबार, ०४ असार २०७६, १४ : ३६
बुधबार, ०४ असार २०७६

एजेन्सी । आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानले मंगलबार विश्व बैंकसँग ९१.८ करोड अर्ब अमेरिकी डलर ऋण सम्झौता गरेको छ । 

पाकिस्तान प्रधानमन्त्री इमरान खानको आर्थिक सल्लाहकार अब्दुल हाफिज शेखको उपस्थितिमा सम्झौतामा हस्तान्तरण भएको थियो ।

हस्ताक्षर विश्व बैंकका लागि पाकिस्तानी निर्देशक पक्चमुथु इल्यान्गाभ्यान र पाकिस्तानको अर्थ सचिव नूर अहमदबीच भएको थियो । 

सम्झौता कार्यक्रममा उच्च शिक्षा आयोगको प्रतिनिधि र खैबर पख्तुनख्वा प्रादेशिक सरकारका प्रतिनिधि पनि सहभागी थिए । ती दुई इकाईले पनि सम्झौता रकम पाएका छन् ।  

सम्झौता हस्ताक्षर भएपछि पाकिस्तानका लागि विश्व बैंकका निर्देशकले डा.शेखसँग भेटवार्ता गरे । डा. शेखले पाकिस्तानलाई विश्व बैंकले गरेको निरन्तरको सहयोगको लागि धन्यवाद दिए ।

यही वर्षको अप्रिलमा विश्व बंकका प्रमुख कार्यकारी अधिकृत क्रिस्टलिना जियोगिएभा र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच बेल्ट एण्ड रोड फोरम को सम्मेलनका क्रममा बेइजिङमा भेट भएको थियो । त्यस भेटमा विश्व बैंकले पाकिस्तानलाई थप सहयोग गर्ने समझदारी भएको थियो । 

विश्व बैंकले दिएको रकम तीन परियोजनामा खर्च हुनेछ । यसको विवरण निम्न छः

१. राजस्व वृद्धि कार्यक्रम
आर्थिक मामिला विभागका अनुसार यो कार्यक्रम ‘करको आधार वृद्धि गरेर घरेलु राज्यस्वको दिगो वृद्धिमा योगदान’ गर्ने उदेश्यका साथ ल्याइएको हो । 

यो कार्यक्रमले पाकिस्तानको कर र कुल ग्राहस्थ उत्पादनको अनुमात १७ प्रतिशत पु¥याउने लक्ष लिएको छ । यस कार्यक्रम सफल हुन देशको सक्रिय करदाताको संख्या ३५ लाख मा पु¥याउनु पर्नेछ । यो ४० करोड अमेरिकी डलरको कार्यक्रम हो ।

२.उच्च शिक्षा विकास कार्यक्र
यस कार्यक्रमको उदेश्य अर्थतन्त्रको सबलीकरणको लागि शिक्षण र सिकाईमा सुधार गर्ने र उच्च शिक्षा क्षेत्रका प्रशासन बलियो बनाउनका लागि लागि अनुसन्धान सहयोग गर्ने रहेको छ ।
यस कार्यक्रममा विश्व बैंकले ४० करोड अमेरिकी डलर दिएको छ ।

३.खैबर पख्तूनख्वा स्रोत व्यवस्थापन कार्यक्रम 
यस कार्यक्रमले खैबर पख्तूनख्वा प्रदेशमा राज्य संकलन वृद्धि गरेर सार्वजनिक स्रोत  व्यवस्थापन सघाउने  लक्ष लिएको छ । यसमा ११.८ करोड अमेरिकी डलर विनियोजित गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप