शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूमि व्यवस्थालाई प्रविधि मैत्री बनाउन सुरु गरियो : प्रधानमन्त्री

बुधबार, ०४ असार २०७६, १४ : २९
बुधबार, ०४ असार २०७६

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताएका छन् । 

कलंकीमा आज  नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

 प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताएका छन् । “अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ” प्रधानमन्त्री ओलीले भने ।  

प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु ,पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए । 

 प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने पनि बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप