शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी विधेयकको विरोधमा प्रदर्शनः राजधानीको कहाँ–कहाँ यातायात प्रभावित ?

बुधबार, ०४ असार २०७६, १२ : १३
बुधबार, ०४ असार २०७६

काठमाडौं– सरकारले ल्याएको गुठी विधेयकको विरोधमा गुठीयारहरुले गरेको प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।

 आन्दोलनकारीहरु सहरका विभिन्न स्थानबाट जुलुससहित माइतीघर केन्द्रीत हुँदा यातायात प्रभावित भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माईतीघर मण्डलमा गुठी विधेकको विषयलाई लिएर भइरहेको कार्यक्रमका कारण उक्त स्थान हुँदै गुडने सवारी साधनलाई डाइभर्सन गरेर चलाइएको छ । 

महाशाखाका अनुसार सिंहदरबार पूर्वीगेटबाट आउने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ पठाईएको छ भने कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करीडोको बाटो पठाइएको छ ।

यस्तै त्रिपुरेश्वरबाट आउने सवारी साधनलाई कालीमाटीतर्फ पठाईएको छ भने नयाँ बानेश्वरबाट आउने सवारी साधनलाई शंखमुलतर्फ पठाईएको छ ।

यसैगरी पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पदमोदयमोडबाट डाईभर्सन गरिएको छ ।

भद्रकालीबाट आउने सवारी साधनलाई त्रिपुरेश्वरतर्फ पठाईएको छ भने पुतलीसडक, सिंहदरबार हुँदै चल्ने सवारी साधनलाई न्यु प्लाजाबाट अनामनगर थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ चलाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप