‘मिस टिन कलेज र कलेज हेन्डसम नेपाल’को आवेदन खुल्ला
काठमाडौं – सिजन मिडियाले ‘मिस टिन कलेज’को सातौँ संस्करण र ‘कलेज हेन्डसम नेपाल’को दोस्रो संस्करण सुरु गरेको छ । मिडियाले एक विज्ञप्ती जारी गर्दै दुबै प्रतियोगिताको आवेदन खुल्ला जनाएको हो ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ देखि २० वर्षसम्मका छात्राहरु र १६ देखि २३ वर्षसम्मका छात्रहरुलाई मध्यनजर राखी ‘मिस टिन कलेज २०१९’ र ‘कलेज हेन्डसम नेपाल’को आयोजना गर्न लागेको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताए ।
कलेज स्तरका युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन प्रतियोगिता सहायक सिद्ध हुने वन्तको भनाई रहेको छ ।
प्रतियोगिताको प्ररम्भिक छनौटबाट छानिएका प्रतियोगीलाई बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिनेछ । प्रशिक्षणको क्रममा उनीहरुले पौडी, शारारिक फिटनेश ,फोटो सेसन, मोडलिङ् ¥याम्प वाक , पालुङ भ्रमण, टेवल म्यानर, फोटोग्राफी, फूटसल लगायत विभिन्न प्रतियोगीतात्मक खेलकुदका कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ ।
विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजीट, विभिन्न कलेजको भ्रमण र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछन् ।
प्रतियोगितामा सहभागीताका लागि असार तेस्रो सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यलय कमलादीबाट भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिस्प्रधा श्रावणको तेस्रो साता राजधानीमा आयोजना गरिनेछ ।
प्रतियोगिताका विजेताले शिर्ष उपाधि सहित उच्च शिक्षाको लागि छात्रावृत्ति साथै थाइल्याण्ड भ्रमणको अवसर र वैदेशिम उच्च शिक्षाको लागि अष्ट्रेलियाको छात्रावृत्ति समेत पाउने छन् ।