पाकिस्तानी सेना र आइएसआईको आलोचक पत्रकारको हत्या
एजेन्सी । पाकिस्तानको शक्तिशाली सेना र जासूसी एजेन्सी आइएसआईको आलोचना गर्ने एक जना २२ वर्षे पाकिस्तानी ब्लगर एंवम पत्रकारलाई अज्ञात व्यक्तिले हत्या गरिदिएको छ ।
पाकिस्तानको चर्चित समाचारपत्र ‘डोन’ले प्रहरीलाई उल्लेख गर्दै यो समाचार लेखेको छ । घटना हुनुअघि पत्रकार मोहम्मद बिलाल खान आफ्नो एक जना नातेदार एहतेशामसँग थिए । त्यही समय उनलाई फोन आयो र त्यसपछि उनलाई एक जना व्यक्तिले नजिकको जंगल लिएर गएका थिए ।
खानको ट्वीटरमा १६ हजार, यू–ट्युवमा ४८ हजार र फेसबुकमा २२ हजार फलोअर्स छन् ।
प्रहरी अधिकारी सद्दर मलिक नईमले खानमाथि इस्लामाबादको जी९÷४ क्षेत्रमा आक्रमण भएको बताए ।
आक्रमणमा परेका खानलाई अस्पतालमा गम्भीर रुपमा घाइते अवस्थामा हस्पताल पु¥याइएको थियो तर ठूलो चोटका कारण उनको मृत्यु भयो ।
उनको नातेदार पनि गम्भिर रुपमा घाइते भएकाले उनलाई अस्पताल भर्ना गरिएको छ ।
नईमका अनुसार आक्रमणकारीले हत्याको लागि चक्कुको प्रयोग गरेका थिए । तर केही व्यक्तिले बन्दुक चलाएको आवाज पनि सुनेको बताएका छन् ।
ब्लगर तथा पत्रकार खानको हत्यापछि ह्यासट्याग ‘जस्टिस फर मोहम्मद बिलाल खान’ पाकिस्तानी समाजिक संजालमा ट्रेण्डमा छ ।
कयैन ट्वीटर प्रयोगकर्ताले पाकिस्तानी सेना र आईएसआईको आलोचक भएका कारणले उनको हत्या भएको लेखेका छन् ।
एक व्यक्तिले ट्वीटमा भनेका छन् ,‘ पाकिस्तानी पत्रकार मोहम्मद बिलाल खानलाई इस्लामावादले आइतबार गोली हानेर हत्या गरिदियो । खान शक्तिशाली सेना एवम उसको कुख्यात जासूसी एजेन्सीको आलोचकको हिसाबमा चिनिन्थे ।’
मृतकको पिता अब्दूल्लाले खानको शरीरमा धारिलो निशान रहेको बताए । घटनाको बारेमा आतकंवाद विरोधी कानूनसमेत विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ । खानको पिताले यस घटनाबाट मानिसमा भय उत्पन्न भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष
-
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, ५ बजे शपथ
-
के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?
-
आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’
-
डा. विमल कोइराला : ‘भूतले खाजा खाने बेला’को जागिरदेखि मुख्यसचिवसम्म