मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सोनपरी’ बाट चर्चित भएकी थिइन् झनक, १९ वर्षपछि चिन्न नै मुश्किल

बुधबार, ०४ असार २०७६, १० : २४
बुधबार, ०४ असार २०७६

१९ वर्ष अघि टिभीको दुनियाँमा झनक शुक्लाको तोते बोली थियो । ९० को दशकमा टिभीमा उनको राज चल्थ्यो । उनी सबैभन्दा चर्चित बाल कलाकारको रुपमा परिचित थिइन् ।  ‘करिश्माका करिश्मा’ र सोनपरीजस्ता कार्यक्रममा उनको निकै चर्चा भयो ।

करिश्माका करिश्मा कार्यक्रममा उनी एक यस्तो बालिकाको भूमिकामा थिइन् जो रोबोट थिइन् । उनको यो भूमिका दर्शकलाई निकै मनपर्यो ।

वाल्यकालमा अभिनयको दुनियाँमा आफ्नो जादु चलाउने झनक अचानक पर्दाबाट टाढिइन् । सोनपरीपछि उनी पर्दामा देखिइनन् ।

झनकले पर्दामा फिर्ता हुने कुनै पनि योजना नभएको बताएकी छिन् । उनी अहिले आफ्नो पढाईमा केन्द्रित भएको बताउने गर्छिन् । इन्स्टाग्राममा उनका थुप्रै तस्बिर छन् जसमा उनलाई चिन्नै मुश्किल छ ।

झनक भविष्यमा समाजसेवी बन्न चाहन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप