त्यसो भए यी नायकको प्रेममा छिन् ४६ वर्षे नायिका पूजा बत्रा, तस्बिरले खोल्यो राज
पूर्व मिस इन्डिया इन्टरनेशनल एवं नायिका पुजा वत्रा एकपटक पुन? चर्चामा छिन् । उनी यसपटक आफ्नो अफेयरका कारण चर्चामा छिन् । वास्तवमा, ४६ वर्षकी पूजा आजकाल सलमान खानको फिल्म टाइगर जिन्दा हेका को–स्टार नवाब शाहसँगको प्रेममा छिन् ।
पूजा बत्राको प्रेमको खुलासा नवाब शाहको सोसल मिडिया अकाउन्टबाट भएको हो । फिल्मी दुनियाँका चर्चित नवाब शाहले सोसल मिडियामा पूजासँगको एउटा रोमान्टिक तस्बिर सेयर गरेका छन् ।
नवाब शाहको इन्स्टाग्राम अकाउन्टमा हेर्ने हो भने यी दुईको प्रेम झल्काउने यो पहिलो फोटो होइन । यसअघि पनि उनले अनुहार नदेखाइएका यस्ता थुप्रै फोटो रोखेका छन् जसमा उनले प्रेम व्यक्त गरेका छन् ।
पूजा बत्राले सन् १९९३ मा मिस इन्डिया इन्टरनेशनलको उपाधि जितेकी थिइन् । अनिल कपुरको फिल्म ‘विरासत’ बाट पूजा बत्राले बलिउडमा डेब्यस् गरेकी थिइन् । पूजाले बलिउडमा खासै चर्चा बटुल्न सकिनन् ।
सन् २०१४ मा पूजा बत्राले लस एन्जेलिसमा ‘मेरो संगीत’ नामबाट एउटा नयाँ बलिउड रेडियो स्टेशन सुरु गरेकी थिइन् । सन् २००२ मा डाक्टर सोनू आहलूवालियासँग विवाह गरेकी थिइन् र सन् २०१० मा दुबैको सम्बन्धविच्छेद भयो ।
नवाब शाह थुप्रै फिल्म र टिभी प्रोजेक्टमा सहभागी हुने गर्छन् । सेक्रेड गेम्समा पनि नवाब शाह देखिएका थिए ।
सबै तस्बिर नवाबको इन्स्टाग्रामबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’