बैङ्कबाट ऋण लिएर घर र गाडी किन्दै हुनुहुन्छ ? यस्तो छ बैङ्कहरूले लिने ऋणको ब्याजदर
बैङ्क तथा वित्तीय संस्थाले आम मानिसको घर बनाउने र गाडी चढ्ने सपनालाई साकार पार्दै आएका छन् । बढ्दो सहरीकरण र आधुनिकीकरण पछ्याउने धेरै जसोलाई एउटा राम्रो घर र गाडी होस भन्ने चाहना हुन्छ । तर आफ्नो कमाइ लगाउन खानमै खर्च हुने भएकाले धेरै बचत गर्न नसक्ने अवस्था हुन्छ । यस्तो अवस्थालाई बैङ्कहरूले सहज गरिदिएका छन् । मासिक कमाइबाट आएको केही रकम बैङ्कलाई बुझाउने गरी उनीहरूले घरजग्गा र गाडी कर्जाहरू दिँदै आएका छन् । बैङ्कहरूको आधारदरलाई जोडेर उनीहरूले निर्धारण गरेको ब्याजदरका आधारमा कुन बैङ्क घर र गाडी कर्जा दिन सहज र सस्ता छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
तपाईं पनि बैङ्कबाट ऋण लिएर घर बनाउने अथवा गाडी किन्ने सोच्नुभएको छ भने बैङ्कहरूले लिने ब्याजदरमा सबैभन्दा पहिला आँखा डुलाउनुस् । यस्तो छ उनीहरूले घर र गाडी कर्जामा लिने ब्याजदर
राष्ट्रिय वाणिज्य बैङ्क : घर कर्जा
राष्ट्रिय वाणिज्य बैङ्कले घर कर्जा ३ प्रतिशत देखि ५.६७ प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराउँछ । यसमा बेस रेट जोडिन्छ । बेस रेट जोड्दा ५ वर्षसम्मका लागि लिइने घरकर्जामा ९.०५ प्रतिशतसम्मको ब्याजदर कायम गरिएको छ । यदि १० वर्षको लागि कर्जा लिएको छ भने त्यसको लागि १०.०४ प्रतिशतसम्म पर्न जान्छ । १५ वर्षका लागि लिइएको हो भने ११.०४ प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध हुनेछ । यो व्यवस्था यही असार १ गतेबाट लागू भएको हो ।
गाडी कर्जा :
गाडी कर्जा भने ९.३७ प्रतिशतसम्म पाइन्छ । यो आधारदरसहितको ब्याजदर हो ।
नेपाल बैङ्क : घर कर्जा
यही असार १ गतेबाटै लागू हुने गरी नेपाल बैङ्कले पनि ब्याजदर सार्वजनिक गरेको छ । यसको आधार मूल्य ६.९२ प्रतिशत छ । छ वर्षे अवधिको घर कर्जाका लागि ९.६७ प्रतिशत ब्याजदर कायम भएको छ । १० वर्षे अवधिको लागि १०.२८ प्रतिशत ब्याजदर लाग्नेछ । १५ वर्षे अवधिको घरकर्जाका लागि अधिकतम ११.१४ प्रतिशत ब्याजदर लाग्नेछ ।
सवारी कर्जा
निजी सवारी कर्जा ५ वर्षे अवधिका लागि १०.६४ प्रतिशत ब्याजदर लाग्नेछ । निजी सवारी ७ वर्षे अवधिको कर्जाको ब्याजदर ११.६४ प्रतिशत लाग्नेछ । कमर्सियल सवारी ३ देखि ५ वर्षे अवधिका लागि ११.६४ प्रतिशत लाग्नेछ । नेपाल बैङ्कले पनि असार १ गतेबाटै यी ब्याजदर कायम गरेको छ ।
प्रभु बैङ्क : घर र गाडी कर्जा
प्रभु घरकर्जा ५ देखि २५ वर्षे अवधिसम्मका लागि ५ प्रतिशत ब्याजदर लाग्नेछ । यसमा आधारदर जोडिनेछ । अहिले बैङ्कको आधारदर ९.१६ प्रतिशत छ यस आधारमा १४.१६ प्रतिशत ब्याजदरमा घर कर्जा पाइनेछ ।
गाडी कर्जा
व्यक्तिगत सवारी कर्जाको पनि आधारदरमा पाँच प्रतिशत थप भएर ब्याजदर निर्धारण गरिएको छ । गाडी कर्जा पनि १४.१६ प्रतिशत ब्याजदरमा पाइन्छ ।
कुमारी बैङ्क : घर कर्जा र गाडी कर्जा
यसको आधार मूल्य ११.०४ प्रतिशत छ । यसको घर र गाडी कर्जा ८ प्रतिशत व्याजदरमा पाइन्छ तर यसमा आधार मूल्य जोडिन्छ । आधार मूल्य जोडिँदा १९.०४ प्रतिशत पर्न जान्छ ।
मेगा बैङ्क : यसको घर र गाडी कर्जा ६ प्रतिशत ब्याजदरमा पाइन्छ । यसमा आधारदर जोडिँदा १६.२ प्रतिशत पर्न जान्छ । यसको आधारदर १०.२० प्रतिशत छ ।
सानिमा बैङ्क : सानिमाले घर कर्जा ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँछ । गाडी कर्जा पनि ६ प्रतिशतमा उपलब्ध हुनेछ । यसमा आधार दर भने जोडिनेछ । यसको आधारदर ९.३८ प्रतिशत छ । यस आधारमा यसको घर रसवारी कर्जामा १५.३८ प्रतिशत ब्याजदर लाग्नेछ ।
प्रभु बैङ्क : प्रभु बैङ्कको घर र गाडी कर्जा ५ प्रतिशत ब्याजदर छ । यसको आधारदर ९.१६ प्रतिशत रहेकाले १४.१६ प्रतिशत ब्याजदर पर्न जान्छ ।
सनराइज बैङ्क : अहिले सनराइज बैङ्कको बेस रेट १०.४ प्रतिशत छ । यस आधारमा यसको घर र गाडी कर्जामा १६.४ प्रतिशत ब्याजदर रहेको छ ।
सिटिजन्स बैङ्क : यसको आधार मूल्य १०.६३ प्रतिशत छ । यसले घर किन्न ०.५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्मको ब्याजदरमा ऋण दिन्छ ।
नबिल बैङ्क : यसले घर र गाडी किन्न ५ प्रतिशतसम्मको व्याजदरमा ऋण प्रवाह गर्छ । यसको आधारदर ७.९३ प्रतिशत छ ।
एभरेस्ट बैङ्क : गाडी कर्जा २.७५ प्रतिशतदेखि ६.७५ प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराउँछ । हाउजिङ लोन एक करोडसम्म छ भने ६.५० प्रतिशतसम्म र एक करोडभन्दा माथिको लागि ७.२५ प्रतिशतसम्मको ब्याजदरमा पाइन्छ ।
इन्भेस्टमेन्ट बैङ्क : यसको बेस रेट ८.५४ प्रतिशत छ । यसले १.५ देखि ६ प्रतिशतसम्मको ब्याजदरमा ऋण उपलब्ध गराउँछ ।
एनआईसी एसिया बैङ्क : यसको बेस रेट ९.३६ प्रतिशत छ । यसले ७ प्रतिशतसम्ममा होम लोन उपलब्ध गराउँछ ।
एनसीसी बैङ्क : यसको बेस रेट १०.६३ प्रतिशत छ । यसले ६ प्रतिशतसम्मको ब्याजदरमा घर कर्जा दिन्छ ।
सिद्धार्थ बैङ्क : यसले घर र गाडी कर्जाका लागि ५ प्रतिशतसम्मको ब्याजदरमा अण दिनेछ । यसको आधारदर १०.३७ प्रतिशत छ ।
नेपाल एसबीआई बैङ्क : यसले घरकर्जा १.२५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्मको ब्याजदरमा दिनेछ । गाडी कर्जा यही दरमा प्रवाह गर्नेछ । यसको आधार दर ९.७३ प्रतिशत छ ।
नेपाल बङ्गलादेश बैङ्क : यसले हाउजिङ लोन १.५० प्रतिशतदेखि ५ प्रतिशतसम्मको ब्याजदरमा दिन्छ । यसको आधारदर १०.५ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
६ प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
-
मूल्य घटसँगै सुन किन्नेको भिड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ