ब्राजील भेनेजुएलासँग बराबरीमा रोकियो
आयोजक ब्राजील कोपा अमेरिका कप फुटबलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजीलको लगातार प्रयासमा भेनेजुएलाको रक्षाप्रक्ति बाधक बनेको थियो । भेनेजुएलाले पनि केही राम्रा गोलको अवसर गुमाएको थियो । यस बराबरीसँगै समूह ‘ए’ मा दुई खेल खेलेको ब्राजिल चार अंक सहित शीर्ष स्थानमा छ । समूहको पहिलो खेलमा ब्राजीलले बोलिभियालाई ३–० गोलले हराएको थियो ।
यसैगरी बुधबार बिहाननै भएको यही समूहको अर्को खेलमा पेरुले बोलिभियालाई ३–१ गोलले हरायो । खेलमा सुरुवाती अग्रता भने बोलिभियाले लिएको थियो । २८औं मिनेटमा मार्सेलो मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै बोलिभियालाई अग्रता दिलाए । बोलिभियाको अग्रतापछि जोसिएको पेरुले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काएको थियो । पेरुका जोस पाओलो गुरेरोले ४५औं मिनेटमा बराबरी गोल फर्काए ।
त्यसपछि ५५औं मिनेटमा जेफरसन फारफनले गोलगर्दै पेरुलाई अग्रता दिलाए । खेलको अन्तिममा इडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई सजिलै जिताएका थिए । जितसँगै दुई खेलबाट चार अंक बनाएको पेरु गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । दुईवटै खेलमा बराबरीमा रोकिएको भेनेजुएला दुई अंक सहित तालिकाको तेस्रो स्थानमा छ । बोलिभियाले खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा