बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सेनाले गर्‍यो विस्फोटकको परीक्षण

बुधबार, ०४ असार २०७६, ०६ : ४६
बुधबार, ०४ असार २०७६

जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको आरोप लगाउँदै आएका छन् । अड्डाले सुनाचुरी र ३ विदेशी कम्पनीबाट उत्पादित विस्फोटक पदार्थको तुलनात्मक गुणस्तर परीक्षण गरेको हो । पानी र जमिन दुवै स्थानमा सुनाचुरीबाट उत्पादित विस्फोटकको गुणस्तर परीक्षण गरिएको सेनाले जनाएको छ ।

गत वैशाख १९ गते निर्माणाधीन फास्ट ट्र्याकमा पर्ने सिस्नेरीमा विस्फोटक पदार्थको गुणस्तर मापन गरिएको हो ।  सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको करिब एक साताअघि पानीमुनि (अन्डरवाटर) समेत सेनाले गुणस्तर मापन गरेको थियो ।  सेनाले विस्फोटक पदार्थ उत्पादनमा चाहिने कच्चा पदार्थ भारत र चीनबाट ल्याउने गरेको छ ।

सेनाले एक साताअघि सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको त्रिशूलीमा अन्डरवाटर परीक्षण गरेको थियो ।  परीक्षणमा विस्फोटक पदार्थको गुणस्तर विदेशी कम्पनीका उत्पादन सरहकै पाइएको सैनिक स्रोतले जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सुनाचुरीबाट उत्पादित विस्फोटकको जमिन र अन्डरवाटर परीक्षण गरिएको बताए । उनले भने, ‘तीन विदेशी कम्पनीका उत्पादनसँग तुलनात्मक परीक्षण गरिएको थियो । उनीहरूका उत्पादनभन्दा हाम्रो कमजोर छैन ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप