शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाईको छोरी भन्दै १३ वर्षीया बालिकामाथि जबरजस्ती, ८ दिनपछि यसरी पत्ता लाग्यो

मङ्गलबार, ०३ असार २०७६, २० : ०५
मङ्गलबार, ०३ असार २०७६

२०६३ सालदेखि सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिका हराएको ८ दिनपछि फेला परेकी छन । बासलका हराएपछि प्रहरीले व्यापक खोजी गरिरहेको थियो । 

बालिका केन्द्रको सम्पर्कमा नआएको खबर भएपछि प्रहरीले जेठ ३२ गते साँझ ८ बजेतिर महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरबाट फेला परेकी हुन् । 

फेला परेकी १३ बालिकालाई महर्जनको घरमा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ चाइनागेट स्थायी घर भएका विभुलाल जोशीले जबरजस्ती करणी गर्दै आइरहेको खुल्न आएको छ ।

केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिका (आर) लाई जेठ २५ गते जोशीले प्रलोभनमा पारेर आफ्नो कोठामा लगेर जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । 

छिमेकीलाई दाजुको छोरी भन्दै परिचय समेत लुकाएर जोशीले बालिकालाई सटरभित्र लुकाई पटक–पटक जबरजस्ती करणी गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए । 

जोशीलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए । 

जोशीले पहिला पनि बालिकालाई जबरजस्ती करणी गर्दै आएको पाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप