२ हजार चिनियाँले ३० मिनेटमा एकैसाथ खाजा बनाएर बनाए विश्व रेकर्ड
मङ्गलबार, ०३ असार २०७६, १९ : ४९
एजेन्सी– चीनको क्वाङ सी प्रान्तले गिनिज बुकमा नयाँ रेकर्ड कायम गरेको छ । सो प्रान्तले याउ जातीय प्रिफेक्चरमा नयाँ रेकर्ड बनाएको हो ।
जुन १५ तारिखमा आयोजित सो प्रिफेक्चरमा २०१९ जना याउ जातिका मानिसहरूले ३० मिनेटमा एकै समयमा एकैसाथ यो छ्याइ अर्थात् भटमास, मकै, चामल, बदाम र चियालाई मिसाएर स्थानीय खाजा बनाएका थिए ।
संसारमा सबैभन्दा बढी मानिसले एकैसाथ खाजा बनाएको यो पहिलो रेकर्ड हो । सो कार्यक्रममा गिनिज रेकर्ड मुख्यालयका पदाधिकारीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत