रेलको टेन्डरमा गोलमाल !
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले निकालेको टेन्डरमा आर्थिक चलखेल भएको दाबी गरिएको छ ।
मन्त्री रघुवीर महासेठ समेतलाई प्रभावमा पारेर केही ठेकेदारहरुले एकलौटी रुपमा टेन्डर आफ्नो पक्षमा पारेको एक निर्माण व्यवसायीले गुनासो गरेका छन् ।
रेल विभागले गत वैशाख २३ गते वर्दीवासदेखि बागमती १०० किलोमिटर रेलको ट्रयाक निर्माणसम्बन्धी विभिन्न ८ वटा टेन्डर निकालेको थियो । जसका लागि गोप्य बोलपत्र आह्वान गरिएपनि टेन्डर भने आर्थिक चलखेलका आधारमा केही सीमित निर्माण कम्पनीले हात परेको बताइएको छ ।
स्रोतका अनुसार ती टेन्डरहरु लामा कन्ट्रक्सन, शर्मा कन्ट्रक्सन, टूडी कन्ट्रक्सन, दिवा कन्ट्रक्सन पीएस कन्ट्रक्सन, गोल्डेन गूड कन्ट्रक्सन, आशिष कन्ट्रक्सन, एपेक्स कन्ट्रक्सनलगायतले आफ्नो पक्षमा पारेका हुन् ।
ठेक्का लगाउँदा प्रचलित व्यवस्थालाई अनुसरण गर्नु भन्दा पनि आर्थिक चलखेलका आधारमा योग्य र काम गर्न सक्ने हैसियत भएकाहरुलाई पाखा लगाउने काम भएको निर्माण क्षेत्रका जानकारहरु बताउँछन् ।
सरकारले रेलमार्ग निर्माणलाई उच्च महत्व दिएर कामलाई तीब्रता दिने बताइरहेको बेला ठेक्का लगाउँदैमा ‘राम्रो भन्दा पनि हाम्रो’ लाई चयन गरिनुले निर्माणको गुणस्तरीयता र छिटो काम सकिनेमा कतिपयले आशंका व्यक्त गरेका छन् ।
यस विषयमा विभागले भने नियमसंगत रुपमै टेन्डर खुलाएको बताएको छ ।
स्मरण रहोस् यसअघि पनि रेलसम्बन्धी विभिन्न ठेक्कापट्टामा अनियमितता हुने गरेको समाचार सार्वजनिक भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई