टिभीएस “सुपर सिजन फाइनान्स फेयर“, यस्ता छन् अफरहरु
काठमाडौं– नेपालका लागि टिभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला “ टिभीएस सुपर सिजन फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ ।
यो नेपालमै पहिलो पटक आयोजन हुन गैरहेको बिषेश किसिमको मेला हो । यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डपमा संचालन हुने मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्सचेन्ज अफरका साथै बचतको अवसर पनि प्राप्त गर्नेछन् ।
ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा विश्वस्तरीय टिभीएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता ५,५०० बाट सुरु हुनेछ । यी सबैभन्दा पनि ज्यादा ग्राहकहरुले हरेक एक्स्चेञ्जमा ३०,००० सम्मको बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् ७,००० देखि १,००,००० सम्म पक्का पक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभीएस बाइक खरीद गर्ने ग्राहकहरुले टिभीएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल