नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई
काठमाडौं– नेपाल लोक स्टारको मुख्य प्रायोजन आईएमई ग्रुपले गर्ने भएको छ । लोकसंगीतलाई व्यावसायीक बनाउने प्रयास स्वरुप नेपाल लोक स्टान रियालिटी शो हुने छिटै प्रशारण हुँदै छ ।
यस कार्यक्रमको लागत करिब १० करोड रुपैयाँको रहेको छ । यस अर्थमा नेपाल लोक स्टार नेपालको सबै भन्दा ठूलो मौलिक रियालिटी शो बनेको छ ।
७ वटै प्रदेशमा अडिसन गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरु मध्येबाट सरदर प्रति प्रदेश ५० प्रतिस्पर्धी ओपन अडिसनबाट छनोट गरिएको थियो । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५ लाख र तृतिय विजेतालाई १० लाख नगद पुरस्कार का साथै तीनै विजेतालाई एल्बरको कन्ट्र्याक दिइने आयोजकले बताएको छ ।
मेगा अडिसन सकिएर यही असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपी वान मा हुँदैछ । कार्यक्रमको ३६ श्रृखला निर्माण हुने पनि आयोजकले बताएको छ ।
कार्यक्रम निर्माणको प्रमुख प्रायोजकको रुपमा आईएमई आवद्ध भएको छ । आईएमई र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि नै भइसकेको छ । आज भाएको सम्झौतामा कार्यक्रमको नाम आईएमई नेपाल लोक स्टार रहनेछ । भोटिङ राउन्डमा आईएमई पेको एपमार्फत गर्न सकिने पनि आईएमईले जनाएको छ ।
लोक स्टारको सम्झौता पश्चात एड प्याडका अध्यक्ष सुदिप थापाले नेपाली लोक संगीतका लागि आईएमई लोक स्टार कोसेढुङ्गा साबित हुने र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने बताए । उनले नेपाली माटोलाई सुहाउँदो यस्ता मौलिक रियालिटि शोहरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझ उकास्ने निश्चित भएको पनि बताए ।
त्यसैगरी आईएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेपालको आफ्नो स्थानिय अवधारणामा आयोजना हुन लाएको आईएमई नेपाल लोक स्टारसँगै जोडिन पाएकोमा गौरवान्वीत भएको बताए । नेपाली लोक संगीत प्रवर्धन र जर्गेनाका निम्ति आफ्नो सानो प्रयास समेत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ५ सहकारीमा २२ अर्बको मागदाबी, ऋण असुली १० करोड पनि पुगेन
-
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
-
मोरङका १७ पालिकाले ल्याए १७ अर्बको बजेट (कुन पालिकामा कति ?)
-
तनहुँ-कास्कीबिच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय
-
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
-
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण