शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई

मङ्गलबार, ०३ असार २०७६, १९ : २१
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– नेपाल लोक स्टारको मुख्य प्रायोजन आईएमई ग्रुपले गर्ने भएको छ । लोकसंगीतलाई व्यावसायीक बनाउने प्रयास स्वरुप नेपाल लोक स्टान रियालिटी शो हुने छिटै प्रशारण हुँदै छ । 

यस कार्यक्रमको लागत करिब १० करोड रुपैयाँको रहेको छ ।  यस अर्थमा नेपाल लोक स्टार नेपालको सबै भन्दा ठूलो मौलिक रियालिटी शो बनेको छ ।

७ वटै प्रदेशमा अडिसन गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरु मध्येबाट सरदर प्रति प्रदेश ५० प्रतिस्पर्धी ओपन अडिसनबाट छनोट गरिएको थियो । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५ लाख र तृतिय विजेतालाई १० लाख नगद पुरस्कार का साथै तीनै विजेतालाई एल्बरको कन्ट्र्याक दिइने आयोजकले बताएको छ ।

मेगा अडिसन सकिएर यही असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपी वान मा हुँदैछ । कार्यक्रमको ३६ श्रृखला निर्माण हुने पनि आयोजकले बताएको छ । 

कार्यक्रम निर्माणको प्रमुख प्रायोजकको रुपमा आईएमई आवद्ध भएको छ । आईएमई र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि नै भइसकेको छ ।  आज भाएको सम्झौतामा कार्यक्रमको नाम आईएमई नेपाल लोक स्टार रहनेछ । भोटिङ राउन्डमा आईएमई पेको एपमार्फत गर्न सकिने पनि आईएमईले जनाएको छ ।

लोक स्टारको सम्झौता पश्चात एड प्याडका अध्यक्ष सुदिप थापाले नेपाली लोक संगीतका लागि आईएमई लोक स्टार कोसेढुङ्गा साबित हुने र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने बताए । उनले नेपाली माटोलाई सुहाउँदो यस्ता मौलिक रियालिटि शोहरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझ उकास्ने निश्चित भएको पनि बताए । 

त्यसैगरी आईएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेपालको आफ्नो स्थानिय अवधारणामा आयोजना हुन लाएको आईएमई नेपाल लोक स्टारसँगै जोडिन पाएकोमा गौरवान्वीत भएको बताए । नेपाली लोक संगीत प्रवर्धन र जर्गेनाका निम्ति आफ्नो सानो प्रयास समेत भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप