शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन अस्तव्यस्त, पानीको मुहान सुुक्दै

मङ्गलबार, ०३ असार २०७६, १९ : १०
मङ्गलबार, ०३ असार २०७६

रौतहट । टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि  रौतहटलगायत सम्पुूर्ण तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ ।

सदरमुकाम गौरलगायत आसपासका ठाउँको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ ।

बिहानैबाट शुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्यालादारी गर्ने मजदुर र खेती किसानी गर्नेहरुलाई कठिनाई हुन थालेको छ । 

पछिलो केही दिनदेखि बिहानैदेखि टन्टलापुरको घाम र गर्मीका कारण ‘लु’ लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्या समेत उत्पन्न हुन थालेको कटहरिया नगरपालिका प्रमुख सियाराम कुुश्वाहाले बताए  ।

अत्याधिक गर्मीले गर्दा जिल्लामा रहेका सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यामा कमी आएको छ भने व्यापार व्यवसाय समेत प्रभावित बनेको छ ।
 
सधैँभरी सेवाग्राहीको चाप रहने जिल्ला प्रशासन, मालपोत, भुमिसुधार, जिल्ला अदालत तथा अन्य सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको संख्या घटेको मालपोत कार्यालय मौलापुरका प्रमुख बबुु नन्दन साहले बताए ।

अति आवश्यक काम पर्ने बाहेकका प्राय मानिसहरु दिउँसो–दिउँसो घर बाहिर निस्कन छाडेका छन । गर्मीका कारण झाडापखाला तथा ज्वरोका बिरामीहरु बढेको जिल्ला अस्पताल गौरले जनाएको छ ।

ज्वरो तथा झाडापखालाका दैनिक ५० देखि ६० जना नयाँ बिरामीहरु अस्पताल आउने गरेको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले बताए । 

गर्मीले ‘लु’ लाग्ने, मान्छे मुर्छित भएर उच्च रक्तचाप बढेपछि मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लागेर एकाएक मान्छेको ज्यान जाने सम्भावना समेत रहेको डाक्टर साहले बताए । 

गर्मीबाट बच्नका लागि झोलपदार्थ बढि खानु, घाममा ननिस्कनु, सितलमा बस्नु, थोरै खानु लगायतका घरेलु प्रविधि अपनाएमा जोगिन सकिने उनको भनाई छ । 

अत्याधिक गर्मीका कारण जिल्लाभरीका  सबै विद्यालयलाई असार ६ गतेसम्म बिदा दिइएको छ । 

शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय रौतहटले सोमवार सुूचना प्रकाशित गरी जिल्लाका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको हो । 

अत्याधिक गर्मीका कारण पानीको मुहान सुक्दै

पछिल्लो केही दिनदेखि बढेको प्रचण्ड गर्र्मीले रौतहटका पानीका मुहान समेत सुक्न थालेका छन । जिल्लाको उतरीभेग चन्द्रपुर नगरपािलकास्थित रहेको डावरीको पानीको मुहान सुकेको स्थानियहरुले बताएका छन ।

यसअघि पहिले–पहिले कहिले नसुक्ने डावरीको जरुवा पानी यसपटक सुकेपछि स्थानीयहरु चिन्तित भएका छन । 

जिपि उद्यान केन्द्रको नामले  परिचत रहेको डावरीमा यो बर्षभन्दा पहिले हरेक बर्ष स्थानीयहरु गर्र्मीमा नुहाउने स्थानका रुपमा परिचित रहेको थियो । 

स्थानीयले वस्तु भाउलाई पानी खुवाउने स्थानका रुपमा परिचित डावरीको यति बेला पानीको मुहान नै सुकेको स्थानीय पत्रकार प्रिमेश शिवाकोटीले जानकारी दिए । 

चन्द्रपुर नगरपालिका–६ मा जंगलको बिचमा रहेको डावरीको जरुवा पानीको मुहान सुकेपछि डावरीमा नुहाउन आउने स्थानीयका अलावा पशुपंक्षीलाइ पानी खान समेत कठिनाई भएको डिभिजन वन कार्यलय रौतहटका प्रमुख बिनोद सिहले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप