बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बर्जर पेन्ट नेपालले ल्यायो सबैभन्दा नयाँ उत्पादन वेदरकोट लङ्ग लाइफ

मङ्गलबार, ०३ असार २०७६, १८ : ४०
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल)ले अहिलेसम्मकै सबैभन्दा नवीनतम प्रविधिमा आधारित उच्चकोटीको बर्जर वेदरकोट लङ्ग लाइफ बजारमा उपलब्ध गराएको छ ।

पियु र सिलिकन प्रविधिको प्रयोग गरिएको यो पेन्ट प्रिमियम एक्स्टेरियर पेन्ट हो । ‘घामपानी छेक्छ, १० वर्ष टिक्छ’ भन्ने नारा सहित सार्वजनिक गरिएको यस पेन्टमा १० वर्षको वारेन्टी पाउन सकिनेछ ।

बर्जर वेदरकोट लङ्ग लाइफमा भएको पियु इमल्सनले घरको चमक वर्षौैं वर्षसम्म कायम राख्छ भनें चर्को घामबाट र मुसलधारे वर्षाबाट समेत सुरक्षा प्रदान गर्दछ ।

त्यस्तै सिलिकन प्रविधिले घरको बाहिरी भित्ताहरुमा ढुसी, लेऊ जस्ता विकारहरुबाट बचाउँछ भनें रङ्गको आयु लम्बाउँछ, साथै रङ्गलाई सधैं नयाँ जस्तै बनाइराख्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप