गम्भीर घटनामा संलग्नलाई सरकारले अझै कार्वाही गरेन: शर्मा
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई सरकारले अझै कार्वाही गर्न नसकेकोमा आपत्ति जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गम्भिर प्रकृतिका मानवअधिकार उल्लंघनको घटनामा संलग्नहरुलाई कार्वाही गर्न गरिएको सिफारिस सरकारले अझै कार्यान्वयनमा ल्याउन नसकेको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र वर्तमान राजनीतिक परिस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले २०७२ सालमा आयोगले गम्भिर प्रकृतिका मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई कार्वाही गर्न सिफारिस गरेपनि त्यसयता बनेका कुनै पनि सरकारले सो सम्बन्धमा चासो नदिएको गुनासो पनि गरे ।
अध्यक्ष शर्माले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीच गरिएको शान्ति सम्झौता कार्यान्वयनमा पनि सरकार इमान्दार नदेखिएको स्मरण गराए । आयोगले सरकारले राष्ट्रिय मानवअधिकार आयोगलाई नियन्त्रणमा राख्ने गरी सो सम्बन्धि विधेयक ल्याएकोमा पनि आफूहरुको आपत्ति रहेको दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप