बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी हड्तालको कारण देखाउँदै हायात होटल बन्द

मङ्गलबार, ०३ असार २०७६, १६ : ०६
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं– कर्मचारी यूनियनको आन्दोलनको कारण देखाउँदै पाँचतारे होटल हायात रिजेन्सी व्यवस्थापनले होटल खाली गरेको छ ।

पूर्व सहमतिअनुसार सेवा सुविधाको माग गर्दै कर्मचारीले हडताल गरेपछि होटल खाली भएको हो । हायात रिजेन्सी होटलले एक विज्ञप्ती जारी गर्दै तत्काल केही समयका लागि बुकिङ नलिने र होटलमा भएका पाहुनालाई अन्य होटलमा सारिएको जनाएको छ । 

अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार होटल हडताल निषेधित क्षेत्र भएको उल्लेख गर्दै हायातले मजदुरको हडतालका कारण बन्द गर्नुपरेको जनाएको छ । भारतीय लगानीकर्ता राधेश्याम सर्राफसहितको लगानीको यो होटलमा रहेका पाहुनालाई दरवारमार्ग स्थित होटल याक एन्ड यतिमा सारिएको छ । 

२ सय ८० कोठाको यो होटलमा कर्मचारीले खाइपाइआएको सुविधा कटौती नगर्न र व्यवस्थापनले यसअघिका सवै सहमति कार्यान्वयन गर्न माग गरेका छन् । होटल व्यवस्थापनले भने सुरक्षाको कारण पर्यटक व्यवस्थापनमा असहज भएकाले पाहुनालाई बाध्य भएर अन्यत्र सार्नुपरेको जनाएको छ ।  

यो होटल सरकारी समिति तारागाउँ विकास समिति र भारतीय लगानीकर्ता राधेश्याम सर्राफ समूह अन्तर्गत रहेको छ । होटललाई सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट ९ प्रतिशतमा झारेको र ३ सय ४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप