शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा एक पुरुषको शव फेला

मङ्गलबार, ०३ असार २०७६, १५ : १६
मङ्गलबार, ०३ असार २०७६

बुटवल– कपिलवस्तुको वाणगंगा नगरपालिका ९ भलवाडमा एक पुरुषको शव फेला परेको छ । भलवाडको पडरिया गाउँमा भेटिएको उक्त शव ३० बर्षीय मनोज महतको रहेको जनाइएको छ । 

मकैबारीमा भेटिएको उक्त शव स्थानीयवासीले देखेपछि इलाका प्रहरी कार्यालय पिपरामा जानकारी गराएका थिए । स्थानीयको जानकारी लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।

अहिले शव पोष्टमार्टमका लागि तौलिहवा लगिएको बुझिएको छ । घटनाको थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप