शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वीनारायण शाहको भूमिका निभाउन कठिन थियोः अभिनेता यशराज

मङ्गलबार, ०३ असार २०७६, ११ : ०९
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं – ऐतिहासिक विषयमा फिल्म कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ निर्माण भएको छ । पाँच वर्षअघि नै निर्माण भएको यो फिल्म असार १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको हो । 
निर्देशक प्रदीप खड्गीले सेन्सर बोर्डले सेन्सर पास गर्न ढिलाइ गरेका कारण फिल्म पनिप्रदर्शनमा आउन ढिलाई भएको जानकारी दिए । उनले भने ‘बल्ल सेन्सरले प्रदर्शनका लागि बाटो खुला गरिदियो ।’

राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण युनिटले फिल्म नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले एकीकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित रहेको जनाएको छ । 

कार्यक्रममा फिल्मको नयाँ गीत समेत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा कीर्तिपुर आक्रमणका काल्पनिक दृष्यहरु पनि समावेश गरिएको छ । साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन् ।

अनन्तकुमार श्रेष्ठले निर्माण गरेको फिल्ममा अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन् ।

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अभिनेता यशराज गराचले ऐतिहासिक विषयमा आधारित फिल्मको एउटा महत्वपूर्ण अंग हुन पाउदा गौरवान्वित भएको बताए । ‘पुथ्वीनारायण शाहको भूमिका निर्वाह गर्न निकै कठिन थियो’ गराचले भने ‘एउटा वीर योद्धाको भूमिका निर्वाहा गर्नु मेरो लागि कम चुनौतीपूर्ण थिएन ।’ 

कीर्तिलक्ष्मीको भूमिका निर्वाह गर्ने अभिनेत्री हिसिला महर्जनले उक्त चरित्रका बारेमा आफूले बाल्यकालदेखि सुन्दै आएको तथा एकदिन उक्त भूमिका निर्वाह गर्ने सपना देखेको बताइन् । 

‘पृथ्वीनारायणले कीर्तिपुरमा तीन पटक आक्रमण गर्दा त्यसको प्रतिकार गर्ने कीर्तिपुरवासीको नेतृत्व कीर्तिलक्ष्मीले नै गरेकी हुन्, अभिनेत्री महर्जनका अनुसार उक्त भूमिका निर्वाह गर्नका लागि उनले प्रसस्त मेहनत गरेकी छिन् ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्मको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नयाँ पुस्ताले इतिहास जान्न र बुझ्न भएपनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप