इजरायलको प्रधानमन्त्री नेतान्याहूकी पत्नी सरकारी सम्पत्तीको दुरुपयोग गरेकोमा दोषी ठहर
एजेन्सी । इजरायलको एउटा अदालतले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पत्नी सारा नेतान्याहूलाई भ्रष्ट्रचार मुद्दामा दोषी ठहर गरेको छ ।
उनीमाथि भोजनको लागि विनियोजित सरकारी कोषको गलत प्रयोग गरेको भन्ने मुद्दा परेको थियो । त्यो मुद्दा सन् २०१८ जुनमा परेको थियो । जसमा उनीमाथि सरकारी आवासमा भान्छेको व्यवस्था भएर पनि बाहिरबाट खाना किनेको मामिलामा भ्रष्टाचारको मुद्दा लागेको थियो ।
अदालतको फैसलापछि साराले ‘प्ली बार्गेन’ अन्तर्गत दोष स्वीकार गरेर सजायँ कम गर्ने विकल्प रोजेकी छिन् ।
सारा नेतान्याहूलाई अर्को एक जना व्यक्तिको गल्तीबाट फाइदा लिन खोजकोमा पनि दोषी ठहराइएको छ । त्यस दोषको लागि उनलाई ठूलो रकम जरिवाना तिर्न आदेश दिइएको छ ।
जेरुशेलम मजिस्ट्रेट अदालतका न्यायाधिस एभिटल चेनले दोष स्वीकार गरे बापत सजाय घटाउन स्वीकार गरेका छन् ।
अदालती फैसलामा सारा नेतान्याहूमाथि १० हजार शेकेल (२८ सय डलर)को मौद्रिक सजायँ तोकिएको छ । त्यसबाहेक उनलाई राज्य कोषमा ४५ हजार शेकेल भरपाही गर्न पनि आदेश दिइएको छ ।
फैसलापछि पत्रकारसँग बोल्ने क्रममा साराले आफूलाई निक्कै ठूलो नोक्सानी भएको बताइन् ।
६० वर्षीया साराले उनको पतिको कामकाजमा महत्त्वपूर्ण भूमिका निभाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत