महिलाको फुटबल विश्वकपमा छाएकी यी खेलाडी
यतिबेला खेल जगतका दुई ठूला स्पर्धा चलिरहेको छ । पहिलो इंगल्याण्डमा क्रिकेट विश्वकप र दोस्रो फ्रान्समा महिलाको फुटबल विश्वकप ।
महिला फुटबल विश्वकपमा २७ वर्षकी एक खेलाडी निकै चर्चामा छिन् । चिलीकी गोलकिपर क्रिश्चियन एन्डलर आफ्नो खेलका कारण निकै प्रशंसा बटुलिरहेकी छिन् ।
आइतबार उनी अमेरिकाविरुद्ध आफ्नो टिमलाई ३–० ले हार्नबाट रोक्न त सकिनन् तर आफ्नो प्रदर्शनले भने विशेष छाप छोड्न सफल भइन् ।
बीबीसीका कमेन्टेटर जोनाथन पियर्सका अनुसार यो म्याचमा एन्डलरले महिला विश्वकप इतिहासको सम्भवतः सर्वश्रेष्ठ गोल बचाइन् ।
तर उनको खेलको प्रशंसा पत्रकारले मात्र गरिरहेका छैनन् ।
अमेरिकी टिमका प्राविधिक निर्देशकले भने, ‘क्रिश्चियन एन्डलरले उत्कृष्ट खेल खेलिन् । हामीलाई उनको क्षमता थाहा छ । उनी विश्व स्तरकी गोलकिपर हुन् ।’
को हुन् क्रिश्चियन एन्डलर ?
एन्डलर फ्रेन्च पेरिस सेन्ट जर्मेनका लागि खेल्छिन् । उनी स्यान्टियागोमा जन्मिएकी थिइन् र उनले १६ वर्षको उमेरदेखि नै चिलीको राष्ट्रिय टिमका लागि खेल्न सुरु गरेकी थिइन् ।
पेरिसअघि उनले अमेरिका, इंगल्याण्ड र स्पेनमा भएको टुर्नामेन्टमा खेलिसकेकी छिन् ।
उनले सन् २०१२ मा चिली कोलो कोलोसँग कोपा लिबर्टडोरेस जितिन् । तयसपछि उनले चिलीको सर्वश्रेष्ठ फुटबलरको रुपमा पाँचपटक मान्यता पाइसकेकी छिन् ।
खेलपछि एन्डलरले भनिन्, ‘हामी हारेकोमा मलाई निकै दुःख लागेको छ तर आफ्नो प्रदर्शनका लागि म खुसी छु । हारका लागि मिश्रित समवेदना पाएकी छु । तर खेल्न पाएकोमा म सन्तुष्ट छु विशेषगरी यहाँ यो स्टेडियममा जुन मेरो घर हो ।’
विश्वकपसम्म पुग्नका लागि र यस्तो प्रदर्शनका लागि आफूले अत्यधिक मेहनत गरेको उनले बताइन् ।
आइतबार अमेरिकासँग भएको खेल हेरेपछि प्रसिद्ध पूर्व अमेरिकी खेलाडी एलेक्सी लालसले भनिन्, ‘एन्डलर विश्वकी उत्कृष्ट गोलकिपर हुन् ।’
खेलाडीबाहेक उनको खेलले विभिन्न स्थानमा प्रशंसा पाएको छ ।
न्यूयोर्क टाइम्सले आफ्नो रिपोर्टमा लेख्यो, ‘चिलीकी गोलकिपर क्रिश्चियन एन्डलरका कारण नै चिलीको टिमले त्यति ठूलो हारको सामना गर्नुपरेन जति ठूलो हार अमेरिकाले थाइल्याण्डलाई दिएको थियो ।’
अमेरिकाले थाइल्याण्डलाई १३–० ले हराएको थियो ।
👏👏👏 Felicitaciones 👏👏👏
— Copa Mundial Femenina de la FIFA (@fifacom_es) June 16, 2019
La chilena @TIANEendler ha sido elegida #PlayeroftheMatch presentada por @Visa.@VisaCL | #USACHI | #FIFAWWC pic.twitter.com/CPFCIDnHMM
अमेरिकाले पछिल्लो तीन फिफा वर्ल्ड कप आफ्नो नाममा गरिसकेको छ । अमेरिकाको महिला फुटबल टिम विश्वको उत्कृष्ट टिममध्येको एक हो ।
एन्डलरलाई ‘प्लेयर अफ द गेम’ मा उपाधि दिइयो ।
यसबारे एन्डलरले भनिन्, ‘खेलको परिणामका बावजूद यो उपाधि हासिल गर्नु एउटा ठूलो उपलब्धि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद