प्रधानमन्त्री ओलीद्वारा गुठी विधेयकबारे आकस्मिक निर्णय लिने संकेत
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयकबारे मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका छन् । प्रधानमन्त्री ओलीले पार्टीका काठमाडौं उपत्यकाका प्रतिनिधिसभा र प्रदेश सभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँग सोमबार परामर्श गरी सो सम्बन्धमा मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका हुन् । प्रधानमन्त्री ओलीले सो विधेयकको सम्बन्धमा आवश्यक निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाउने जानकारी दिनुभएको नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।
परामर्शका क्रममा सांसदहरुले जनमत थेग्न नसक्ने उल्लेख गर्दै सो विधेयक फिर्ता लिन पनि प्रधानमन्त्री ओलीलाई दवाव दिएका थिए । नेकपाका सांसद रामवीर मानन्धरले जनमत थेग्न सक्ने अवस्था नरहेकाले सो विधेयक फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिइएको जानकारी दिए ।
भक्तपुरका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सो विधेयकलाई सरोकारवालाहरुसँग थप छलफल गरी समृद्ध बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको बताए । उनले भोलीसम्ममा प्रधानमन्त्री ओलीले सो विषयमा आवश्यक निर्णय लिने जानकारी दिनुभएको पनि जानकारी दिए ।
प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्केलगत्तै सो विधेयकमा कमी कमजोरी भए सच्याउने प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी