शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् ओपो रेनो टेनएक्स जुमका फिचर्स, नेपाली बजारमा जुन महिनामै सार्वजनिक हुने

सोमबार, ०२ असार २०७६, १९ : ३९
सोमबार, ०२ असार २०७६

काठमाडौं– ओपोले भरखरै नेपालमा रेनो रेञ्जका स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ रेनो टेनएक्स जुम ईडिशनले स्मार्टफोनको जुम क्षमतालाई नयाँ उचाई प्रदान गरेको छ । तर, रेनोको विशेषता यतिमै मात्र सिमित भने छैन । 

टेनएक्स हाइब्रिड अप्टिकल जुम

टेनएक्स हाइब्रिड अप्टिकल जुम सेन्सर, रेनो स्मार्टफोनको एक उत्कष्ट फिचर हो । एमडब्ल्यूसीमा यो प्रविधि प्रदर्शित गरे देखि नै यसको ब्यवसायिक उत्पादनका लागि निकै प्रतिक्षा गरिएको छ । स्मार्टफोनमा उपलब्ध यो प्रविधि, अप्टिकल जुम मध्य अहिलेसम्मकै सर्वाधिक क्षमता सहितको जुम हो । सेन्सरको पेरिस्कोप स्टाइलमा गरिएको डिजाइनले गर्दा यो सम्भव भएको हो ।

नयाँ फोनमा १६० एमएम फोकल लेन्थको १३ एमपी, एफ ३.० क्षमता सहितको टेलिफोटो सेन्सर जडान गरिएको छ । ब्लर फ्रि फोटो तथा भिडियो खिच्न सघाउनका लागि फोनको सेन्सरमा हाईब्रिड ओआईएसपनि समाहित गरिएको छ ।

स्न्यापड्रागन ८५५ एसओसी

ओपो रेनो टेनएक्स जुमको अर्को सटिक पाटो भनेको यसमा समाहित स्न्यापड्रागन ८५५ चिपसेट हो । ८ जीबी र्याम र २५६ जीबी रोम सहित क्वालकमको यो नयाँ चिपसेट शक्तिशाली हुनुका साथै कार्यसम्पादनका सवालमा पनि निकै छरितो छ । अत्याधुनिक गेम्सका साथै आवश्यक एआई फिचर्स सञ्चालनका लािग स्न्यापड्रागन ८५५ले पर्याप्त शक्ति प्रदान गर्छ । भविष्यमा सार्वजनिक हुने फोनका लागि यो चिपसेटले फाइभजी सपोर्ट पनि दिने छ ।

स्न्यापड्रागन ८५५ एसओसीका साथै फोनमा ३.५एमएम हेडफोन सकेट, एनएफसी, डुअल फ्रिक्वेन्सी जीपीएस लगायत अन्य हेर्डवेयर फिचर्सपनि फोनमा उपलब्ध छन् । फोनमा गेम बुस्ट २.० सुविधाका साथै यसले डल्बी एट्मसपनि सपोर्ट गर्छ । त्यसैगरी, यसमा पछिल्लो संस्करणका तुलनमा २३ प्रतिशतले तिब्र मानिएको भोक ३.० प्रविधि ४,०६५ एमएएच ब्याट्रीका साथमा उपलब्ध छ ।

शार्क फिन पप्अप क्यामेरा

पछिल्तिर टेनएक्स अप्टिकल जुम पेरिस्कोप क्यामेराका साथै, ओपो रेनोमा नयाँ पप्–अप क्यामेरापनि उपलब्ध छ । पप्डअप हुँदा शार्कको फिन जस्तो देखिने भएको हुँदा यसलाई कम्पनीले पप्–अप मेकानिजम नाम दिएको छ । यो मोड्यलुले १६ एमपी सेल्फी क्यामेरा र एउटा सफ्ट फ्ल्यासलाई आफु भित्र लुकाउँछ । 

ओपोका अनुसार फोनको यो मोटोराइज्ड भाग ५ बर्षभन्दा लामो समयसम्म मज्जाले टिक्छ । साथै, अचानक फोन खसेर हुन सक्ने सम्भावित क्षति न्यूनिकरणका लागि यसमा स्वचालितरुपमा स्वतः बन्द हुने फल डिटेक्सन फिचरपनि उपलब्ध छ । 

ट्रिपल रियर क्यामेरा

सार्वजनिकको तयारीमा रहेको यस फोनमा ट्रिपल रियर क्यामेरा सेटअपको ब्यवस्थापनि गरिएको छ । यसमा उत्कृष्ट तस्विरका लागि आईओएस सहितको एफ१.७  सहितको प्राइमरी ४८ मेगापिक्सेल सोनी आईएमएक्स सेन्सर जडान गरिएको छ ।

यसले फोरके भिडियो ६० फ्रेम्स प्रति सेकेण्डमा खिच्ने क्षमता राख्छ । त्यसैगरी, यसमा १ सय २० डिग्रि एफ२.२ सुपर वाइड एंगल सेन्सर सहितको ८ एमपी सेन्सर जडान गरिएको छ । यी दूबै क्यामेरामा लेजर अटोफोकसको ब्यवस्थापनि गरिएको छ । 

डिस्प्ले

फोनको अघिल्लो भागमा बेजल लेस ठूलो डिस्प्लेको प्रयोग भएको छ । ओपो रेनो टेनएक्स जुम ईडिशनमा गोरिल्ला ग्लास ६ प्रोटेक्सन सहितको ६.६५ ईञ्चको फुल एचडी+ एमोलेड डिस्प्ले उपलब्ध छ । तल्तिर पातला बेजल्स भएको यस उपकरणमा ९३.१ प्रतिशत स्क्रिन टु बडी रेसियो उपलब्ध गराउँछ । साथै फोन अनलकिङका लागि यसमा ईन–डिस्प्ले अप्टिकल फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गरिएको छ । यो फोन नेपाली बजारमा यही जुन महिनाको अन्त्य सम्म सार्वजनिक हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप