मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हुण्डाईको मनसुन योजनाः १ लाख सम्मको नगद छुट

सोमबार, ०२ असार २०७६, १९ : १८
सोमबार, ०२ असार २०७६

काठमाडौं– हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले मनसुन लक्षित आकर्षक योजना ‘हुण्डाई मनसुन डिलाइट’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले स्क्राच कार्ड मार्फत १ लाख सम्मको नगद छुटका साथै आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन । यो योजनाअन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन । हुण्डाईले ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरेको छ ।

सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसीङ तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले  विश्वभरि करौंडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप