धरानमा पाँच दिन विद्यालय बन्द
सोमबार, ०२ असार २०७६, १९ : ११
अत्याधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय आजदेखि पाँच दिनका लागि बन्द गरिएको छ ।
गर्मीका कारण पठनपाठनमा समस्या आएपछि प्याब्सन, एनप्याब्सन र एसीसीले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
‘गर्मी बिदामा समायोजन गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ’, विद्यालय संयोजन कमिटीका अध्यक्ष राजेन्द्र गुरुङले भने ।
धरानमा पछिल्लो समय डेङ्गुको प्रकोपसमेत फैलिएको छ । डेङ्गुको प्रकोपलाई समेत हेरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
धरानमा एनप्याब्सनमा आवद्ध ३९ तथा प्याब्सनमा आबद्ध ४४ विद्यालय रहेका छन् । सामुदायिक विद्यालय भने गर्मीमा समेत सञ्चालनमै रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार
-
गण्डकीको दोस्रो जित, कोशी प्रदेशको लगातार पाँचौँ हार
-
लसुन आयातमा ९ महिनामा १९ करोड बाहिरियो
-
बिदा भए कतारका अमिर, तस्बिरमा हेर्नुहोस्
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश