एघार महिनामा ६६ किलो ४ सय ग्राम सुन बरामद
काठमाडौं– २०७५ साउन १ गतेदेखि २०७६ जेठ मसान्तसम्ममा ६६ किलो चार सय ग्राम सुन बरामदगरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । यो समयमा राजस्व चुहावटको ८१ वटा कसुरमा अनुसन्धान गरि मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । यस अवधिमा राजस्व चुहावट कसुरमा २ सय ३८ जना व्यक्तिमाथि १८ अर्ब ३२ करोड रुपैयाँ तथा ३ वर्षसम्मको कैदको माग दाबी गरिएको विभागले भनेको छ ।
यसमा सुन भन्सार चोरी पैठारीको कसुरमा ६६ किलो ४ सय ग्राम सुन समेत बरामद गरिएको भनिएको छ । यस्तै विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ६४ मुद्दा दर्ता भएका छन् । यसमा १ सय ४ जनालाई ५ अर्ब ११ करोड विगो कायम गरी विगोको तेब्बर जरिवाना र ३ वर्षसम्म कैद मागदावी सहित मुद्दा दायर गरिएको छ ।
८३ करोड १० लाख राजस्व चुहावट गर्ने दुइ विरुद्ध रौतहट जिल्लामा मुद्दा
रौतहटको गौर नगरपालिका पाँच वस्ने अनुकेश कुमार शाह र विजयकुमार शाहले १ सय ५६ किलो ६८७ ग्राम ३५० मिलिग्राम ग्राम सुन चोरी पैठारी गरेर ८३ करोड १० लाख ४७ हजार ७२० रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा गत जेठ ३१ गते जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता भएको छ ।
बैशाख २० गते विहान अनुकेशकुमार शाहबाट ९९९ ग्राम ८२० मिलिग्राम सुन प्रहरीले बरामद गरेको थियो । अनुकेशले ओप्पो ब्राण्डको मावाइलमा एनसेलको सिम र कलर ब्राण्डको मोवाइलमा नेपाल टेलिकमको सिम सहित शाहलाई पक्राउ गरिएको थियो । सो मोवाइलको डाटा डाउनलोड गरेर हेर्दा १७५ थान सुनको कारोबार भएको पाइएको हो ।
अनुकेशले विजयकुमार शाहको ज्वेलर्समा सो सुन बिक्रि गरी कारोबार गरेको देखिएको विभागले भनेको छ । उनीहरुले अनुमति नलिइ अवैध रुपमा कारोबार गरेको छानबिनबाट देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
७ केजी सुन चोरेर ल्याउने ग्याल्वो अदालतमा
रसुवा जिल्ला यार्सा गाविस वडा नं. ६ काग्याल्बो घले विरुद्ध जिल्ला अदालत रसुवामा जेठ ६ गते मुद्दा दायर भएको छ । घलेले ७ केजी सुन चोरी पैठारी गरेर ल्याएको भन्दै सो सुनको हुन आउने ७ करोड ११ लाख ७६ हजार विगो कायम गरी राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा मुद्दा दर्ता गरिएको हो ।
उनले कन्टेनरको डिब्बामा विना बिल विजक लुकाएर ७ केजी सुन ल्याउँदै गरेको प्रहरीले फेला पारेको हो । प्रहरीले राजस्व अनुसन्धान विभागमा अनुसन्धानको लागि बुझाएको थियो । अनुसन्धानबाट आयात प्रज्ञानपनपत्र तथा भन्सार तिरेको रसिद नभएको देखिएको महानिर्देशक मैनालीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण