शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिनु भइन् मिसेस नेपाल ग्ल्याम विजेता

सोमबार, ०२ असार २०७६, १७ : १४
सोमबार, ०२ असार २०७६

काठमाडौं – ‘मिसेस नेपाल ग्ल्याम २०१९’ को ताज मिनु प्रधान श्रेष्ठले जितेकी छन् । काठमाडौं कोटेश्वरकी मिनुले १६ प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा परेकी हुन् । मोस्टफ्रेड्ली उपाधि समेत जितेकी मिनुले ताजको अलवा बिभिन्न अवसर र गिफ्ट उपहारको रुपमा प्राप्त गरिन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार अबेर साँझ सम्पन्न प्रतियोगितामा सोनिका कार्की फष्ट रनर अप र प्रज्ञा श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । सोनिकाले बेष्ट र्याम्प वाक र मोष्ट ट्यालेन्ट उपाधि समेत जित्दा प्रज्ञा फेसबुक च्वाईस र यु ट्युव मोष्टम्युज बिजेता बन्न सफल भइन् ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा अञ्जु खड्का राई बेस्ट पर्सनालिटी उपाधिसहित थर्ड रनर अप भइन् भने बेस्ट स्पीच सहित फÞोर्थ रनर अप देवकी सेवा नेपाली चुनिइन् ।  अश्विनी झाको कार्यक्रम संचालन तथा कोरियोग्राफी रहेको प्रतियोगितामा बिभिन्न आधा दर्जन बिधामा समेत बिजेता छानिएको थियो ।

जसमा कल्पना प्रधान पब्लिक च्वाईस र भ्यूवर्स च्वाईस, बीनू शाही बेस्ट बेष्ट फिटनेस, सुनिता फुयाल क्षेत्री बेस्ट हेयर, शिल्भा तुलाधर मोस्ट फोटो जेनिक,पनिता राई बेस्ट स्किन, सीमा शर्मा बेस्ट स्माइल, सीमा घतान विश्वकर्मा सोशली रेस्पोन्सिबल, सोना राई लामा फेसन आइकान र प्रतिमा अधिकारी मोस्ट क्रिएटिव विजेता बने । 

आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगिता विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविस्य सुधार्ने उदेश्यले आयोजना गरिएको  आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।

अन्तिम स्पर्धाको निर्णायकमा अभिनेता रमेश बूढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इन्टरनेशनल तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी रहेका थिए । बिभिन्न धमाकेदार सांगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागी मोहित भएक थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप