शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी गुप्तचर संस्था आइएसआईको प्रमुख नियुक्त

सोमबार, ०२ असार २०७६, १३ : ३०
सोमबार, ०२ असार २०७६

इस्लामावाद– पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ ।

पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थानमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त भएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ ।

हमिदले यसअघि आइएसआईको प्रतिजासुसी विभागको प्रमुखका रुपमा सेवा गरिसकेका छन् । उनी गत अप्रिल १२ मा लेफ्टीनेन्ट जनरलमा पदोन्नति भएका थिए । 

सन् १९५० मा स्थापना भएको आइएसआईलाई पाकिस्तानी हित र राष्ट्रिय सुरक्षाका मामिलामा देशभित्र र बाहिर गुप्तचरी गर्ने प्रमुख जिम्मेवारी दिइएको थियो । यसको प्रधान कार्यालय हाल इस्लामावादमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप