बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

सोमबार, ०२ असार २०७६, १३ : १३
सोमबार, ०२ असार २०७६

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन् । उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए । 

सोमबार नै अस्थायी सभामुख चुनिएका विरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद सदस्यको सपथ गराएका थिए । भारतीय लोकसभाको १७औं बैठक सोमबार नै शुरु भएको हो ।

संविधान अनुसार संसदीय दलको नेताको रुपमा मोदीले पहिलो सांसदको सपथ लिएका हुन् । नयाँ लोकसभाका नवनिर्वाचित सांसदहरुले पछि पालैपालो सपथ लिनेछन् । सांसदहरुले सपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

लोकसभाका सदस्यका रुपमा निर्वाचित भएका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कानुन मन्त्री रवि शंकर प्रसादले भने सपथ लिएका छन् । 

लोकसभाको सभामुखको चयन भने जुन १९ का दिन हुनेछ । राष्ट्रपति रामनाथ कोबिन्दले जुन २० तारिखका दिन संसदको दुबै सदनलाई सम्बोधन गर्नेछन् । 

नयाँ सरकारले केन्द्रीय बजेट आगामी जुलाई ५ का दिन संसद समक्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप