महामारीमा पनि ठग्न छाडेनन् ‘व्यापारी’ अस्पतालले : महङ्गो मूल्यमा बेच्छन् डेङ्गु परिक्षण किट
४ सय पर्ने परिक्षण किटलाई २४ सयसम्म असुल्छन्
सोमबार, ०२ असार २०७६, १२ : ५४
काठमाडौँ । पूर्वका विभिन्न जिल्लामा फैलिएको डेङ्गु अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
झण्डै ६ सयको हाराहारीमा बिरामीको संख्या पुगिसकेको अवस्थामा त्यहाँका मेडिकल कलेज र केही अस्पतालहरुले डेङ्गु परीक्षणको लागि प्रयोग हुने टेष्ट किटको महङ्गो मूल्य लिएको गुनासो आएको छ ।
रु. ४ सय पर्ने परिक्षण किटलाई १८ सय देखि २४ सयसम्म लिने गरेको नागरिकले गुनासो गरेका छन् ।
गुनासो बढेपछि डेङ्गु रोगको परीक्षण गर्दा उक्त टेष्ट किटको पर्ने मूल्य भन्दा बढी रकम लिएको पाइएमा कालाबजारी कसुर सम्बन्धित आवश्यक कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।
डेङ्गुसम्बन्धी टेष्ट किट उपलब्ध गराउने निकायहरुमा अनुगमन, सुपरीवेक्षण गर्ने र गराउने व्यवस्था मिलाइएको हुँदा सुपथ मूल्यमानै टेष्ट किट उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण